default_image

6 months ago

October 23, 2024

सफल भारत र साविक विजेता बंगलादेश खेल्दै

3261 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको सर्वाधिक सफल ५ पटकको विजेता भारत र साविक विजेता बंगलादेश समूह चरणमा आज खेल्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारत सेमिफाइनल पुगिसकेको छ ।

समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको तय आजको खेलको नतिजाबाट हुनेछ। भारतको ३ तथा बंगलादेश र पाकिस्तानको समान १ अंक छ ।

बंगालादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेका कारण भारतसँगको खेलमा दबाबमा हुनेछ। बंगलादेश त्यहि टोली हो जसले अघिल्लो संस्करणको समूह चरणमा भारतलाई ३-० ले र पहिलो पटक च्याम्पियन बन्ने क्रममा फाइनलमा नेपाललाई ३-१ ले हराउने टोली हो।

यसपटक ३-० ले भारतसँग पराजित भएमा भने बंगलादेश समूह चरणबाट बाहिरिनेछ । खेल बराबरीमा टुंगिएमा उपविजेताका रुपमा बंगलादेश अन्तिम चारमा पुग्नेछ र पाकिस्तान बाहिरिने छ। भारतमाथि जित दर्ता गर्दै समूह चरणको विजेता बन्ने सम्भावना पनि बंगलादेशसँग छ।

अर्को समूहबाट नेपाल र भुटान सेमिफाइनल पुग्ने सम्भावना छ। नेपाल र भुटानको समान ४ अंक छ भने श्रीलंकाको ३ र माल्दिभ्स अंक विहिन छ। नेपालले श्रीलंकासँग खेल्नुअघि माल्दिभ्सले भुटानको सामना गर्नेछ।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता तथा समूह बीको विजेताले समूह ए को उपविजेता सँग सेमिफाइनल खेल्नुपर्ने हुन्छ। भारत र बंगलादेश दुवैको प्रयास घरेलु टोली नेपालसँगको सम्भावित सेमिफाइनल भेटलाई टार्नु हुनेछ।

अघिल्लो संस्करणको सेमिफाइनल हारलाई भारतले पक्कै बिर्सेको छैन। त्यसअघि ५ पटकको विजेता भारत समूह चरणमा बंगलादेश र सेमिफाइनलमा नेपालसँग पराजित भएको थियो। यसपटक भारतले अघिल्लो संस्करणको त्यो हारलाई बिर्साउने प्रयास गर्नेछ।

April 16, 2025

झापालाई बिबिसीले रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब ( बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ। बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको खेलको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको चौथो […]

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ […]

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]

Success

Thank you for your time.