default_image

5 months ago

October 22, 2024

भेट्रान्स फुटबलमा आर्मीको जित

949 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा मंगलवार त्रिभुवन आर्मी फुटबल क्लब, किङकम स्पोर्टस क्लब र एनआरटी विजयी भएका छन् ।

थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको दिनको पहिलो खेलमा राजु तामाङ र सन्तोष नेपालीको समान २ गोलमा आर्मीले धरान सिटी एफसीलाई ५–२ ले पराजित गर्यो । आर्मीका लागि अर्को गोल हरि महतोले गरे ।

धरान सिटीका केन्द्र लिम्बु र सुरज कुमार श्रेष्ठले गोल गरे । आर्मीका राजु तामाङ प्लेयर अफ दी म्याच भए र उनलाई नेपाली सेना, भैरव वहान गुल्मका मेजर लेलिन थापा मगरले पुरस्कृत गरे ।

किङकमले फाप्ला स्पोर्टस क्लब, धनगढीलाई ८–१ के फराकिलो अन्तरले पराजित गर्यो । किङकम का निमा लामा र विजय महर्जनले समान २, राकेश श्रेष्ठ, चन्द्र तामाङ, र वालगोपाल साहुखल गोल गरे ।

फाप्लाका लागि अशोक चन्द्रले गोल गरे । किङकमका निमा लामा प्लेयर अफ दी म्याच भए र उनलाई नेपाल प्रहरीका पूर्व एआईजी अमर सिंह शाहले पुरस्कृत गरे ।
तेश्रो तथा अन्तिम खेलमा एनआरटीले वगर भाई खलक, पोखरालाई २–१ ले पराजित गर्यो । एनआरटीका लागि सुरज कुमार श्रेष्ठ र सुविन घिमीरेले गोल गरे । वगर भाई खलकका लागि गंगा तामाङले गोल गरे ।

एनआरटीका सुविन घिमीरे प्लेयर अफ दी म्याच भए र उनलाई मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष सानुकाजी राजवाहकले पुरस्कृत गरे ।

प्रतियोगितामा बुधवार पहिलो खेल एसएनकेसी, काठमाण्डौ र आर्मी तथा अर्को खेल ठमेल टुरिजम डेभलप्मेन्ट काउन्सिल र चितवन एफसीबीच हुने आयोजकले जनाएको छ ।

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

Success

Thank you for your time.