default_image

5 months ago

October 22, 2024

नेयमारको पुनरागमन खेलमा हिलालको जित

2072 views

0 Bookmark

एजेन्सी – साउदी अरबको अल-हिलालसँग साविक विजेता युएईको अल-ऐनले एसियन च्याम्पियन्स लिग एलिटमा पराजित भएको छ ।

ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमवार भएको खेलमा हिलाल ५-४ ले विजयी भएको हो ।

अल हिलालको जितमा सलेम अल–दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका लागि भने सौफियनी रहिमीले ह्याट्रिक गर्दा माटेओ सानाब्रियाले १ गोल गरे ।

खेलको २६ औं मिनेटमा लोदीले गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाए । ऐनका लागि ३९औं मिनेटमा रहिमीले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा साभिचले गोल गर्दै हिलाललाई पुनः अग्रता दिलाए । लगत्तै दौसारीले पहिलो गोल गर्दै हिलालको अग्रता ३-१ मा पुर्‍याए ।

६३औं मिनेटमा सानाब्रियाले गोल गर्दै अल–ऐनलाई ३-२ को स्थितिमा ल्याए। तर, त्यस लगत्तै दौसारीले गोल गर्दै हिलालको अग्रता ४-२ मा पुर्‍याए । रहिमीले ६७ औं मिनेटमा दोस्रो गोल गर्दै ऐनलाई ४-३ मा पुर्याए । तर, ७५औं मिनेट दौसारीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे र हिलाल ५-३ को स्थितिमा पुग्यो ।

अली अल बुलाहयीले ८२औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेपछि हिलालमाथि दबाब बढेको थियो । इन्ज्युरी समयमा पेनाल्टी पाएपछि रहिमीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

चोट मुक्त भएर पुनरागमन गर्ने क्रममा ब्राजिलियन स्टार नेयमार ७७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिलाल तीन राउन्डपछि ९ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । ऐन समान खेलबाट १ अंकसहित ११औं स्थानमा छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.