default_image

5 months ago

October 21, 2024

गोलकिपर अन्जनालाई मौका, साम्बा बेन्चमा

5704 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि माल्दिभ्सविरुद्ध खेल्न लागेको नेपाली टोलीमा ५ परिवर्तन गरिएको छ।

कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आराम‌ दिदैं पोस्ट सम्हाले जिम्मा अन्जना रानामगरलाई मौका दिइएको छ ।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारी साम्बालाई बेन्चमा राखेका छन्‌। रेनुका नगरकोटेले कप्तानीको‌ जिम्मेवारी निर्वाह गर्नेछिन् ।

एन्जिलासहित चोटग्रस्त हिरा भुजेल, अमिषा कार्की, अमृता जैसी, पुजा राना आज पहिलो रोजाईमा छैनन्। अन्जनासहित रेखा पौडेल‌, विमला विक, विमला चौधरी र निशा थोकरले जारी साफमा पहिलो पटक सुरुवाती ११ मा मौका पाएका छन्।

भुटान विरुद्ध सुरुवात गरेका रेनुका सहित, सुरु लिम्बु, प्रिती राई, रश्मीकुमारी घिसिङ, गिता राना र सविता राना मगरले पहिलो रोजाईमा निरन्तरता पाएका छन्।

भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केहि दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ ।

तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली मानिन्छ। माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।

सावित्रा भण्डारी सम्बा फ्रान्सबाट आज बिहानमात्र स्वदेश आइपुगेकी थिइन् । उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका थिए ।

नेपाल र माल्सिभ्सले साँझ ५ः३० बजे खेल्नुअघि अर्को खेलको नतिजा आइसकेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४-१ ले हराएको छ । समूह बीमा भुटानको ४ अंक, श्रीलंकाको ३, नेपाल १ तथा माल्दिभ्स अंक विहीन छ ।

समूह एमा आइतबार बंगलादेश र पाकिस्तानले १–१ को बराबरी गरेपछि अन्तिम खेलबाट मात्र सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको भारत सेमिफाइनल पुगिसकेको छ । बुधबार भारत र बंगलादेशको खेलपछि समूहको विजेता उपविजेताको टुंगो लाग्नेछ ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.