5 months ago
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले श्रीलंकामाथि पहिलो हाफमा अग्रता लिएको छ ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा भुटान २-१ को अग्रतामा छ । भुटानले सुरुवाती अग्रता लिएपनि श्रीलंकाले गोल फर्काएको थियो । तर सेट पिसमा श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पुन: अग्रता बनाएको हो ।
पहिलो हाफको सातौं मिनेटमा नामग्याल डेमाको क्रसमा डेकी लाजोमले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन् । बायाँ विंगबाट नामग्यालले दिएको लो क्रसमा पेनाल्टी क्षेत्रभित्र रहेका डिफेन्डर बिट हुँदा फार पोस्टमा अनमार्क रहेकी डेकीले सहजै गोल गरेकी हुन् ।
खेलको २३ औं मिनेटमा कप्तान मधुशिकाको गोलमा श्रीलंका खेलमा फर्कियो । भुटानकी डेकी याङदोनलाई लाग्दै रिबाउण्ड आएको बललाई उनले शक्तिशाली प्रहार गर्दै गोलरक्षक संगीता मोंगरलाई बिट गरेकी थिइन् ।
३२ औं मिनेटमा भुटानले दोर्जीको गोलमा पुन: अग्रता लियो । नामग्यालको फ्रिकिक प्रहार ६ यार्ड बक्सभित्र क्लियर हुन नसक्दा दोर्जीले गरेको प्रहारमा गोलरक्षक वीरसिंघे बिट भइन् ।
समूह बी मा श्रीलंकाको ३ अंक छ भने नेपाल र भुटानको १-१ अंक छ । आज हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स खेल्नेछन् । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराउँदा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]