5 months ago
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नवीन न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने मैत्रीपूर्ण फुटबलका लागि न्यौपानेलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
हाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रिक्त रहेकाले न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो । औपचारिक प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षक प्रो लाइसेन्स प्राप्तले मात्र सम्हाल्न पाउँछन् । एन्फाले गत वर्ष न्यौपाने एन्फा हेड अफ एकेडेमी नियुक्त गरेको थियो।
त्यस्तै राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जनलाई नियुक्त भएका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एन्फा महासचिव किरण राईले न्यौपानेसहिय तीनै जनालाई नियुक्तिपत्र हस्तान्तरण गरे ।
नेपालले नोभेम्बर ११ देखि १९ कोबीचमा ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]