default_image

2 days ago

October 21, 2024

चेल्सीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

361 views

0 Bookmark

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । चेल्सीलाई आइतवार २–१ ले हराउँदै लिभरपुलले शीर्षस्थानमा पपन्छाउँदै फेरि शीर्ष स्थानमा उक्लेको छ ।

मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल विजयी भएको हो । चेल्सीका लागि निकोलस ज्याक्सनले गोल गरेका थिए ।

सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । ४८ औं मिनेटमा ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरेका थिए । लिभरपुलका जोन्सले ५१ औं मिनेटमा गरेको गोल खेलमा निर्णायक बनेको थियो ।

जारी सिजनमा लिभरपुलको सातौं खेलमा छैटौं जित हो । जितपछि लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा १ अंक बढी छ ।

साविक विजेता सिटीले उल्भ्सलाई २–१ ले नै हराएको थियो । लिभरपुलको २१ अंक छ । चेल्सी १४ अंकमा छैटौं स्थानमा छ ।

October 22, 2024

भेट्रान्स फुटबलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा मंगलवार त्रिभुवन आर्मी फुटबल क्लब, किङकम स्पोर्टस क्लब र एनआरटी विजयी भएका छन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको दिनको पहिलो खेलमा राजु तामाङ र सन्तोष नेपालीको समान २ गोलमा आर्मीले धरान सिटी एफसीलाई ५–२ ले पराजित गर्यो । आर्मीका लागि […]

October 22, 2024

नटिङघमले क्रिस्टललाई हरायो

एजेन्सी – नटिङघम फरेस्टले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसविरुद्ध जित निकालेको छ । आठौं खेलमा तेस्रो जित निकाल्ने क्रममा नटिङघमले मंगलवार बिहान भएको खेलमा क्रिस्टलमाथि १-० को जित निकाल्यो । घरेलु मैदान सिटी ग्राउन्डमा नटिङघमलाई जित दिलाउन क्रिस वुडले गरेको गोल नै निर्णायक बन्यो । वुडले खेलको ६५औं मिनेटमा निर्णायक गोल गरेका थिए । […]

October 22, 2024

नेयमारको पुनरागमन खेलमा हिलालको जित

एजेन्सी – साउदी अरबको अल-हिलालसँग साविक विजेता युएईको अल-ऐनले एसियन च्याम्पियन्स लिग एलिटमा पराजित भएको छ । ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमवार भएको खेलमा हिलाल ५-४ ले विजयी भएको हो । अल हिलालको जितमा सलेम अल–दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका […]

Success

Thank you for your time.