5 months ago
October 20, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
इपिएलको सहभागी २० टोलीमा सिटी मात्रै यस सिजनको अपराजित टोली हो । आठौं खेलमा अपराजित यात्रा जारी राख्ने क्रममा सिटीले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो ।
वल्भ्सको मैदानमा भएको खेलमा सिटीलाई जितमा जोस्को ग्वार्डिओल र जोन स्टोन्सले गोल गरे । घरेलु टोलीका जोर्गेन स्ट्रान्ड लार्सनले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । घरेलु टोली वल्भ्सका लागि जोर्गेनले सातौं मिनेटमा गोल गरे। खेलको ३३औं मिनेटमा सिटीका ग्वार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए ।
इन्ज्युरी समयमा स्टोन्सले गोल गर्दै सिटीलाई जित दिलाए ।
सिटीको ८ खेलबाट २० अंक रहेको छ । लिभरपुल र चेल्सीबीचको खेल जारी छ । वल्भ्स १ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ। आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित […]