default_image

5 months ago

October 20, 2024

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा

470 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई आइतवार ३-० ले पराजित गर्दै झापा-११ अन्तिम चारमा पुगेको हो ।

बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलको दोस्रो मिनेटमै निरज कार्कीको गोलबाट अग्रता लिएको थियो ।

त्यस्तै, झापाका लागि प्रदीप बुढाथोकीले दोस्रो हाफको ३४ औँ मिनेटमा गोल थप्दै २-० को अग्रतामा पुर्‍याएका थिए ।

इन्ज्युरी समयमा प्रदीपले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापाको जित निश्चित बनाएका थिए । निरज कार्की खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

यसअघि शुक्रवार उद्घाटन खेलमा पाहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतमाथि ५-१ गोल अन्तरको फराकिलो जित निकाल्दै झापाले क्वार्टर फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगितामा सोमवार दोस्रो क्वार्टर फाइनलमा राजारानी फुटबल क्लब धनकुटा र चित्लाङ फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ४ लाख रुपैयाँ प्राप्त गर्ने छ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.