5 months ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत साविक विजेता बंगलादेश पाकिस्तानसँग हारबाट जोगिएको छ । समूह ए को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको इन्ज्युरी समयमा गोल खाँदै १-१ को बराबरी खेलेको हो ।
पहिलो हाफमा लिएको अग्रता जोगाएपछि पाकिस्तानले साविक विजेतालाई स्तब्ध बनाउन नजिक पुगेपनि अन्तिम समयमा गोल खान पुग्यो । बराबरीका बाबजुद पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना भने जीवित छ । बंगलादेशले अन्तिम चारमा प्रवेश गर्न अब भारतविरुद्ध २ गोल वा कमको हार बेहोरेपनि पुग्नेछ ।
पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ ले हराउँदै ३ अंक जोडिसकेको छ । बंगलादेश र पाकिस्तानको १-१ अंक छ ।
दशरथ रंगशालामा सम्पन्न खेलको २१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको क्रसमा ६ यार्ड बक्सभित्र उनकै टोलीका ३ खेलाडीले बल छुन नसक्दा गोलको अवसर टर्यो । २४ औं मिनेटमा पाकिस्तानको गोल गर्ने अवसरमा गोलरक्षक रुपना चक्मा बाधक बनिन् । सुहा हिरानीले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारलाई रुपनाले मुस्किलले बाहिर पठाएकी थिइन् ।
३२ औं मिनेटमा पाकिस्तानले जाहमेना मालिकको गोलमा अग्रता लियो । रमीन फरिदले मिडफिल्डबाट दिएको लामो पासमा शिउली अजिमको ब्याकपास फितलो रहँदा जाहमेना पहिलो टचमै रुपना चक्मालाई बिट गर्दै गोल गरिन् ।
४२ औं मिनेटमा बंगलादेशकी ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफ बिट भएपनि क्रसबार बाधक बन्द बंगलादेश बराबरी गर्नबाट बन्चित भयो ।
दोस्रो हाफमा पनि बंगलादेशले लगातार आक्रमण गर्यो तर गोल फर्काउन संघर्ष जारी रह्यो । तर ७७ औं मिनेटमा पाकिस्तानले अग्रता दोब्बर पार्ने अवसर भने गुमायो । जाहमेनाको पासमा अफसाइड ट्रयाप बिट भएको अवस्थामा अमिना हनिफले वन भर्सेस वनमा गोल गर्न सकिनन् । गोलरक्षक रुपना चक्माले अघि बढेर उनलाई दोस्रो टच लिन दिइनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा बंगलादेशले गोल फर्कायो । ऋतुले बायाँ विंगबाट दिएको क्रसलाई सम्सुनाहर जुनियरले गोलको दिशा दिएकी थिइन् । गोलरक्षक निशाले बल रोक्न सकिनन् र बंगलादेशले बराबरी गोल पायो ।
पहिलो खेलमा पाकिस्तान भारतसँग ५-२ ले पराजित भएको थियो । समूहको अन्तिम खेल भारत र बंगलादेशबीच बुधबार हुनेछ । समूह बी अन्तर्गत पहिलो खेलमा १:३० बजे भुटान र श्रीलंका तथा ५:३० बजे नेपाल र माल्दिभ्स भिड्नेछन् ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]