5 months ago
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन।
साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो।
बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च रहेको छ।
सुरुवाती रोजाइमा खेलेकी डिफेन्डर हिरा चोटको कारण पहिलो हाफमा मैदान छोड्न बाध्य भएकी थिइन्। उनलाई तत्कालै एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो। दोस्रो हाफको सुरूवातमा नै सरू लिम्बुलाई रिप्लेस गर्दै मैदान छिरेकी मिड फिल्डर दीपा पनि चोटको कारण ७२औं मिनेटमा मैदान छोड्न बाध्य भइन्।
खेल पछि पोस्ट म्याच कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङलाई खेलाडीको अवस्था बारे सोध्दा उनले बाँकी खेलको लागि रेष्टमा नै हुनेछन् भनेर प्रतिक्रिया दिएका छन्।
तामाङले दुवै खेलाडीलाई घुँडामा चोट लागेको र एसिएलको समस्या रहेको भनेर टिम डाक्टर र फिजियोले जानकारी दिएको जानकारी दिए। पहिलो खेलमा नै दुई खेलाडी घाइते हुँदा बाँकी खेलमा नेपाललाई समस्या हुन सक्छ।
दुवै खेलाडीलाई बी एण्ड बी अस्पताल लगिएको थियो। केहि समय अगाडि खेलाडीहरूलाई होटल फर्काइएको छ। भोलि एमआरआई लगायतको थप उपचार गरिने बताइएको छ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]