5 months ago
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले साफ महिला च्याम्पियनसिप २०२४ मा विजयी सुरुवात गर्ने क्रममा माल्दिभ्सलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार सम्पन्न समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको हो । श्रीलंकाको जितमा इमेशा वार्नाकलासुरियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित रह्यो । यससँगै श्रीलंकाले समूहमा ३ अंक जोडेको छ । यसै समूहमा आज साँझ ५:४० बजे नेपाल र भुटान खेल्नेछन् ।
सातौं मिनेटमा श्रीलंकाले अग्रता लिने अवसर गुमायो । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र प्राप्त बललाई थर्मिका सिवानेस्वरणले गोलमा परिणत गर्न सकिनन् । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा उनले हतारमा गरेको प्रहार पोस्टमा लागेर फर्केको थियो ।
१८ औं मिनेटमा श्रीलंकाले इमेशा वार्नाकलासुरियाको गोलमा अग्रता लियो । दायाँ विंगबाट प्रविना परेराले दिवको क्रसमा गोलरक्षक अमिनाथ लिजा आउन ढिला गर्दा इमेशाले बललाई हेडरमार्फत पोस्टको दिशा दिइन् ।
३३ औं मिनेटमा इमेशालाई गोलरक्षक अमिनाथले लगातार दुई पटक विफल पारिन् । इमेशाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक अमिनाथले फर्काएपछि रिबाउन्ड पुन: इमेशाले नै प्रहार गरिन् । दोस्रो प्रयासलाई भने अमिनाथले पोस्टमाथि पन्च गरिदिइन् । ३७ औं मिनेटमा थर्मिकाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई अमिनाथले मुस्किलले पन्च गर्दै बाहिर पठाइन् ।
दोस्रो हाफको पहिलो आक्रमणमा श्रीलंकाले अग्रता दोब्बर पार्ने अवसर गुमायो । प्रविनाले दायाँ विंगबाट दिएको क्रस गोलरक्षक अमिनाथले फर्काएपछि रिबाउन्डमा पाश्करण शानु ६ यार्ड बक्स भित्रबाट चुकिन् । गोलरक्षक लडिरहेको अवस्थामा उनले गरेको पहिलो टचको प्रहार पोस्टबाट निकै माथि गएको थियो ।
दोस्रो हाफमा पनि गोलरक्षक लिजा लगातार बाधक बन्दा श्रीलंकाले अर्को गोल थप्न सकेन ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]