default_image

5 months ago

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

2194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ ।

छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ ।

आजको खेलमा नेपालकी महत्त्वपूर्ण खेलाडी साबित्रा भण्डारी अनुपस्थित हुनेछिन् । फिफा विन्डोमा नपरेको कारण उलाई क्लबले रिलिज नगरेको हो । उनी आईतबार नेपाल आउनेछिन । रेखा पौडेल भने नेपाल आइसकेकी छिन् ।

नेपाल पाँच पटकको फाइनलिष्ट टिम हो । भुटान भने अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । सातौं संस्करणको च्याम्पियनसिप जारी रहँदा पहिलो पाँच संस्करण भारतले लगातार जितेको थियो । पछिल्लो संस्करण भने बङ्गलादेशले जितेको थियो ।

अहिलेसम्म मात्र दुई राष्ट्रले साफ च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल पाँच पटक फाइनलमा हारेको पिडा बिर्साउँदै यो पटक च्याम्पियन हुने दाउमा रहेको छ ।

यो पटक नेपाल ग्रुप बीमा भुटान, श्रीलंका र माल्दिभ्ससँग रहेको छ । ग्रुप एमा ५ पटकको च्याम्पियन भारत डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र पाकिस्तान रहेका छन् । हिजो भएको उदघाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले हराएको थियो

आजै हुने पहिलो खेलमा भने श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो १:३० बजे दशरथ रङ्गशालामा हुनेछ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.