default_image

5 months ago

October 17, 2024

भारतको विजयी सुरुवात

6684 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा सुस्त सुरुवात गर्दा दबाबमा भने परेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेको पाकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अर्को गोल फर्काएको थियो । त्यसपछि लगातार दबाब कायम गरेपनि गोल गर्न नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन ।

खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लियो । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् ।

१७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् । मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन् ।

२७ औं मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन् । लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन् ।

३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् । गोलरक्षक निशा अशरफले पेनाल्टी क्षेत्रभित्र धेरै समय बल नियन्त्रणमा लिएको भन्दै रेफ्री अन्जना राईले भारतलाई पेनाल्टी क्षेत्रभित्र इनडाइरेक्ट फ्रिकिकको अवसर दिइन् । मनिषाले फ्रिकिकमा पास दिएपछि बालाले पहिलो टचलाई जाली चुमाइन् ।

४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । ६ यार्ड बक्सभित्र गोलरक्षकले बल नियन्त्रण लिन नसक्दा ग्रेसले बललाई पोस्टको दिशा दिइन् । पाकिस्तानकी कप्तान मारिया खानले बल बचाउने प्रयास गरेपनि दिशा बदल्न सकिनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सयौं खेल खेलिरहेकी आशालता देवीले पेनाल्टी क्षेत्रभित्र नादिया खानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिइन् । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४-१ को स्थितिमा ल्याइन् ।

दोस्रो हाफको सुरुवातमै पाकिस्तानले कायला सिद्दिकीबाट गोल थप्यो । कर्नरबाट फर्केर आएको बलमा रमिन फरिदले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार कायलाको खुट्टामा पुग्यो । उनले दायाँ खुट्टाले रोकेर बायाँ खुट्टाले प्रहार गर्दै गोलरक्षक पान्थोइ चानुलाई बिट गरिन् ।

५८ औं मिनेटमा पाकिस्तानकी कप्तान मारियाले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६१ औं मिनेटमा पाकिस्तानले गोल गर्ने अर्को अवसर गुमायो । इस्रा खानले बायाँ विंगबाट दिएको क्रसलाई जामेना मालिकले फार पोस्टबाट पोस्टतर्फ दिशा दिन सकिनन् ।

६४ औं मिनेटमा पाकिस्तानले अर्को अवसर पायो । नादिया खानले डिफेन्स बिट गरेर दिएको उत्कृष्ट पासलाई अमिना हानिफले पोस्टतर्फ प्रहार गर्न सकिनन् ।

लगातार अवसर सदुपयोग गर्न नसकेको पाकिस्तानले ७८ औं मिनेटमा भने गोल खायो । डालीमा छिब्बरको कर्नरमा ज्योति चौहानले हेडरमा सहजै गोल गरिन् ।

यस जितसँगै भारतले ३ अंक जोडेको छ । शुक्रबार हुने खेलमा १:३० बजे माल्दिभ्स र श्रीलंका खेल्नेछन् । साँझ ५:३० बजे नेपाल र भुटान खेल्नेछन् ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.