5 months ago
October 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ ।
दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो । हाफको अन्त्यतिर पेनाल्टीमा गोल फर्काउँदै पाकिस्तानले खाता खोलेको छ ।
खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लियो । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् ।
१७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् । मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन् ।
२७ औं मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन् । लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन् ।
३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् । गोलरक्षक निशा अशरफले पेनाल्टी क्षेत्रभित्र धेरै समय बल नियन्त्रणमा लिएको भन्दै रेफ्री अन्जना राईले भारतलाई पेनाल्टी क्षेत्रभित्र इनडाइरेक्ट फ्रिकिकको अवसर दिइन् । मनिषाले फ्रिकिकमा पास दिएपछि बालाले पहिलो टचलाई जाली चुमाइन् ।
४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । ६ यार्ड बक्सभित्र गोलरक्षकले बल नियन्त्रण लिन नसक्दा ग्रेसले बललाई पोस्टको दिशा दिइन् । पाकिस्तानकी कप्तान मारिया खानले बल बचाउने प्रयास गरेपनि दिशा बदल्न सकिनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सयौं खेल खेलिरहेकी आशालता देवीले पेनाल्टी क्षेत्रभित्र नादिया खानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिइन् । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४-१ को स्थितिमा ल्याइन् ।
प्रतियोगिताको समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह बी मा नेपाल, भुटान. ,माल्दिभ्स र श्रीलंका छन् ।
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]