default_image

4 months ago

October 16, 2024

साफ च्याम्पियनसिप – टिकट विक्रीको १६ लाख नेपाली टोलीलाई दिने घोषणा

2480 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो।

८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकट विक्रीको जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ।

साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गर्न बुधवार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टिकट विक्रीको २० प्रतिशत रकम दिने घोषणा गरेका हुन्। उनले नेपाल यसपटक उपाधि घरमै राख्ने आफूहरु आशावादी रहेको बताए ।

नेपालसहित दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।

साफको  समूह ‘बी’मा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।

सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो। त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।
एउटा बाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन।च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली सोमवार घोषणा भएको थियो।

नेपाली महिला फुटबल टोली

एन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर।

February 6, 2025

एनओसी कार्यसमितिबाट अहिलेसम्म ४ जनाको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]

February 6, 2025

एनआरटी एकै दिन दुई वटा गोल्ड कपमा खेल्दै

पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]

February 6, 2025

आर्सनल लिग कपबाट बाहिरियो

एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]

Success

Thank you for your time.