default_image

5 months ago

October 16, 2024

दुई साताको तयारीमा साफ च्याम्पियनसिप खेल्न तयार नेपाली टोली

1063 views

0 Bookmark

सरिता श्रेष्ठ, काठमाडौं

साफ वुमन्स च्याम्पियनसिपमा आयोजक नेपाल यो पटक पनि दाबेदार‌ मध्ये एक टोली हो। दाबेदार हुँदाहुँदै पनि फाइनल खेल जित्न नसक्ने नेपाली टोलीको छवि बनेको। यसअघिका ६ संस्करणमा नेपालले एउटामा बाहेक सबै फाइनल खेलेको छ। बिडम्बना पाँचै पटक फाइनलमा हारेको तितो अनुभव नेपालसँग छ।

त्यसो त ६ मध्ये ५ पटक फाइनलमा पुग्नु पनि चानचुने उपलब्धि होइन। यसले नेपाली महिला टोलीमा भरपुर क्षमता रहेको पुष्टि गर्छ। लगानी र प्राथमिकता दिने हो भने यो टोलीबाट आशा गर्न सकिन्छ। तर महिला राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटवल संघ (एन्फा) ले व्यवहारमा प्राथमिकतामा राखेको छैन।

यसको उदाहरण हो, घरेलु भुमिमा नै हुने साफ च्याम्पियनसिपको तयारी। मात्र दुई साताको प्रशिक्षणपछि नेपाली टोली दक्षिण एसियाली राष्ट्रबीच हुने सबै भन्दा ठूलो प्रतियोगिता खेल्न तयार हुनुपर्ने अवस्था छ। यस्तो तयारीमा नेपाली टोलीबाट बढी अपेक्षा गर्नु भनेको खेलाडीमाथि‌ मानसिक दबाब बढाउनु पनि हो ।

साफ च्याम्पियनसिप सुरु हुने अघिल्लो दिन बुधवार आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले मात्र दुई साताको समय साफ तयारीको लागि अपुग रहेको बताए। उनले घरेलु लिगको कारण तयारी समय कम रहेकोले प्रशिक्षणमा राम्रो प्लान गर्न नसकेको,इन्डुरेन्समा र फिजिकल स्ट्रेन्थमा पनि केन्द्रित हुन समय नपुगेको जिकिर गरे।

साथै तामाङले दुई महत्वपूर्ण खेलाडी साबित्रा भण्डारी र रेखा पौडेल देश बाहिर विदेशी लिगमा व्यस्त रहेको कारण टिम कम्बिनेसनमा पनि काम गर्न नपाएको बताए। अन्तराष्ट्रिय एक्सपोजरका लागि एन्फालाई अनुरोध गरे पनि संभव हुन नसकेको बताए। बढी खेल खेल्यो भने मात्र त्यसबाट गल्ती औंलाउन सकिने भएपनि पछिल्लो समय महिला टोलीलाई एक्सपोजर नै नपुगेको तामाङको बुझाई छ।

तयारी परम्परागत नै छ। यो अवस्थामा ५ पटक फाइनलमा बेहोरेको हारलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा प्रशिक्षक तामाङले नेपालको विगतको हारको कारण कमजोर डिफेन्सलाई मानेका छन्।

तयारी सन्तोषजनक हुन नसक्दा घरेलु मैदानको फाइदा पनि नहुन सक्छ। तयारी र घरेलु लिगको अधिकांश खेल एस्ट्रो ट्रफमा खेल्दै आएको नेपाली टोलीले खेल भने दशरथ रंगशालाको घाँसे मैदानमा खेल्नुपर्नेछ। तर घरेलु टोलीले नै दशरथ रंगशालाको कन्डिसनमा भिज्ने मौका नै पाएको छैन। जसले गर्दा खेल्न केहि असहज हुने कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्। उनले कमी कमजोरीहरु सबै बिर्सेर उपाधि कै लागि खेल्ने बताएकी छिन्।

साफको ६ संस्करण सकिंदा मात्र दुई राष्ट्रले उपाधि जितेका छन्। भारतले ५ र बंगलादेशले १ पटक उपाधि उचालेको छ। यो पटक नेपाल सहित अन्य ५ राष्ट्रलाई पहिलो पटक उपाधि जित्ने अवसर छ। यो पटक नेपाल सहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ राष्ट्रको सहभागिता रहेको छ।

भोलि समूह ‘ए’को पहिलो खेलमा भारत र पाकिस्तानबीच खेल हुनेछ। त्यो समूहमा साविक विजेता बंगालादेश पनि छ। नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

नेपालले‌ शुक्रवार भुटानसँग खेल्दै च्याम्पियनसिपको‌ सुरुवात गर्नेछ। राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल कात्तिक १४ गते हुनेछ। च्याम्पियनसिपको सातौं संस्करणमध्ये नेपालले लगातार तेस्रो पटक आयोजनाको‌ मौका पाएको छ।

नेपाली महिला फुटबल टोली

एन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर।

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

March 12, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]

March 12, 2025

सरस्वतीको सुखद सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]

Success

Thank you for your time.