5 months ago
October 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गरेको छ। युनिलिभर नेपालले गत वर्षदेखि महिला टोलीलाई प्रायोजन गर्दै आएको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स बुधवार आयोजित कार्यक्रममा युनिलिभर नेपालको कन्ट्री एचआर हेड सानिस्ता भाटिया, मार्केटिङ हेड सौरभ कारन्जितलगायतले टोलीका खेलाडीलाई ट्राभल किट्स र युनिलिभरको उत्पादन हस्तान्तरण गरेका थिए । युनिलिभर महिला विश्व कपको पनि प्रायोजक रहँदै आएको छ।
युनिलिभर नेपाल मार्केटिङ हेड कारन्जितले महिला टोलीमा सफलता प्राप्त गर्ने सम्भावना रहेको उल्लेख गर्दै साफका लागि शुभकामना दिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले भविष्यमा पनि युनिलिभरको साथ रहने विश्वास व्यक्त गरे । उनले नेपाल यसपटक उपाधि घरमै राख्ने आफूहरु आशावादी रहेको बताए ।
अध्यक्ष नेम्वाङले साफ च्याम्पियनसिपको गेट कलेक्सनको २० प्रतिशत महिला टोलीको खेलाडीलाई दिने घोषणा गरे । ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकटिङ जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ।
नेपालसहित दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।
साफको समूह बीमा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।
सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो। त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।
एउटा बाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन।च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली सोमवार घोषणा भएको थियो।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]