default_image

5 months ago

October 15, 2024

साम्बाले साफको पहिलो खेल गुमाउने!

4075 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् ।

साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग खेलका लागि राख्ने निर्णय लिएपछि उनी आउन नपाउने भएकी हुन् ।

साफ महिला च्याम्पियनसिपको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले साम्बाले त्यो खेल गुमाउने भएकी हुन् । एन्फाले उनलाई चाडैं फुकुवा गर्न आग्रह गरेपनि क्लबले आफ्नो खराब लयका कारण र साम्बा टोलीको महत्त्वपूर्ण सदस्य रहेको भन्दै फुकुवा गर्न नमानेको हो ।

शनिवार हुने खेलमा ग्वेंगाम्पले स्ट्रासबर्गको सामना गर्दैछ । लिगको ४ खेल सकिंदा ग्वेंगाम्प १२ टोलीको लिगमा अंकविहिन छ । स्ट्रासबर्ग २ अंक जोड्दै दशौं स्थानमा छ । क्लबले आफूले जित दर्ता गर्न सकिने खेल भएकाले साम्बालाई फुकुवा गर्न नमानेको आँकलन गरिएको छ ।

पछिल्लो पटक वाफ च्याम्पियनसिपको फाइनलमा पनि खेल फिफा विन्डोबाट बाहिर रहेपछि साम्बाले फाइनल गुमाउनु परेको थियो । यसपटक भने साम्बाले पहिलो खेल गुमाएपनि साफका बाँकी खेल खेल्न पाउनेछिन् ।

यस्तै हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल भने नेपाल आइपुगेकी छिन् । उनी प्रतियोगिताको लागि मंगलवार विहान मात्र स्वदेश आएकी हुन् । अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको छ ।

नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टोलीको प्रशिक्षणको क्रममा साम्बा र रेखा अनुपस्थित रहेपनि त्यसै अनुसार तयारी गरिरहेको बताएका थिए । केही साता अघि सम्पन्न महिला राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्ता रहेकी रश्मी घिसिङलाई लिएर योजना बनाएको उनले बताएका थिए । अब रेखाको आगमनले त्यसलाई थप सहज हुने अनुमान रहेको छ ।

फिफाको अन्तर्राष्ट्रिय खेल विन्डो २१ देखि ३० अक्टोबरसम्म रहेको छ । नेपालले समूहको दोस्रो खेल २१ तारिखमा माल्दिभ्ससँग खेल्नेछ । साम्बाले १९ तारिखमा आफ्नो लिग खेल खेलेर २० तारिखमै नेपाल आउने तयारी गरेको बुझिएको छ ।

नेपाल रहेको समूहमा भुटान, माल्दिभ्स र श्रीलंका छन् । अर्को समूहमा भारत, बंगलादेश र पाकिस्तान छन् ।

साफ महिला च्याम्पियनसिपमा नेपालको खेल:

२ कात्तिक २०८१ – १८ अक्टोबर २०२४ – साँझ ५:३० बजे – नेपाल विरुद्ध भुटान

५ कात्तिक २०८१ – २१ अक्टोबर २०२४ – साँझ ५:३० बजे – माल्दिभ्स विरुद्ध नेपाल

८ कात्तिक २०८१ – २४ अक्टोबर २०२४ – साँझ ५:३० बजे – नेपाल विरुद्ध श्रीलंका

११ कात्तिक २०८१ – २७ अक्टोबर २०२४ – सेमिफाइनल

१४ कात्तिक २०८१ – ३० अक्टोबर २०२४ – फाइनल

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.