8 years ago
February 12, 2017
म्यान्चेस्टर (एजेन्सी) – वाटफोर्डलाई शनिबार २–० ले हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई १६ खेलमा पुर्याएको छ । घरेलु समर्थकसामु जित्दा युनाइटेड्ले दुई हालमा १/१ गोल गरेको थियो ।
युनाइटेडका लागी ३२ औं मिनेटमा हुवा माटाले गोल गर्दै घरेलु टोली लाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा एन्थोनी मार्सियलको गोलमा युनाइटेडले गोलअन्तरलाई दोब्बर पारेको थियो ।
प्रिमियर लिगमा १३ औं जित हासिल गरेको युनाइटेड ४८ अंक बटुल्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ । प्रिमियर लिगका अन्य खेलहरुमा स्टोक सिटी ले जो एलेनको गोलमा क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ ।
सन्डरल्यान्ड बिरुद्धको ४–० गोलको जितमा मनोलो गब्बिडिनिले साउथह्याम्टनका लागी २ गोल गरे । एभर्टन र मिडल्सब्रोले गोल रहित बराबरी खेले । अन्तिम समयमा वेस्ट ह्यामले आफ्नो अग्रता गुमाउदा वेस्ट ब्रोमबिरुद्ध २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]