9 years ago
September 28, 2015
काठमाडौं, असोज ११ गते ।
नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् ।
नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा रहेको रमपम झापाको २४ र रुस्लान थ्री स्टारको २२ अंक छ । २०६६ ६७ मा मच्छिन्द्र क्लबबाट डेब्यू गरेका रोहित व्यवसायिक फुटबलका लागि अर्को सिजन भारत पुगेका थिए ।
डेब्यू लिगमै उत्कृष्ट रक्षक चुनिएका रोहितले क्लबका २२ मध्ये २१ खेल खेलेका थिए । एन्फा एकेडेमीको उत्पादन उनको यात्रा भारत पनि रोकिएन । दुई सिजन भारतमा खेलेपछि उनी इन्डोनेसिया लागेका थिए । गएको जुनमा फिफाले इन्डोनेसियामाथि प्रतिबन्ध लगाएपछि त्यहाँ फुटबल गतिविधि बन्द छ । त्यसपछि रोहित स्वदेश फर्केका थिए ।
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]