default_image

5 months ago

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

1749 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।
साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ।

दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा एसियाली स्तरको रग्बी च्याम्पियनसिप आयोजना भएको थियो।

रंगशालाको घाँस केहि पहेंलो भएपनि समय बाँकी रहेकोले मैदान खेल्न लायक बनाउने एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए। आइतवार म्याच कमिस्नर आएपछि मैदानको निरीक्षण गरिने पनि मिश्रले जानकारी दिए।

दशरथ रंगशालाको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले जुँगाको लडाइँ बनाएको भन्दै प्रधानमन्त्री र खेलकुद मन्त्री कसैको निर्देशन नमानी एकलौटी ढंगले रग्बी प्रतियोगिता गर्ने दिएर मैदान बिगारेको आरोप एन्फाका उपाध्यक्ष दीपक खतीवडाले लगाएका छन् ।

पत्रकार सम्मेलनमा देश बाहिर व्यवसायिक लिग खेलिरहेको दुई महत्वपुर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल साफको लागि नेपाल आउने जानकारी दिइएको छ।

तर सोमवारसम्म सावित्राको फ्रान्सेली क्लबलाई उनलाई उपलब्ध गराउन एन्फाले आधिकारिक पत्र पठाएको छैन। मौखिक रूपमा कुराकानी भैरहेको पत्रकार जानकारी दिइयो।

साफको लागि एन्फाले टेलिभिजन ब्रोडकास्ट, मार्केटिङ र डिजिटल अधिकार मात्र २५ लाख रुपैयाँमा एडी रिलिजलाई बेचेको जनाइएको छ।

अन्तराष्ट्रिय प्रतियोगिताका लागि किन कम मुल्यमा अधिकार बेचेको भन्ने प्रश्नमा एन्फाले सुचना जारी गरेपनि एक मात्र कम्पनीले दाबी गरेकोले उसैलाई अधिकार प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए।

प्रतियोगिता आयोजनाका लागि ४ करोड ६० हजार ८ सय रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ। सबै रकम दक्षिण एसियाली फुटबल महासंघले नै उपलब्ध गराउने एन्फा प्रवक्ता सुरेश शाहले बताए।

साफको एउटा समूहमा नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
सावित्रा र रेखा बाहेक २५ सदस्यीय नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छन्।

नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ। सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.