5 months ago
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।
४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगिताको आयोजनाका लागि ३१ लाख नगदको अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा रहेको नागार्जुन नगरपालीकाले १५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।
काठमाडौं उपत्यकाका टोली दर्ता गर्न २० हजार रुपैयाँ र उपत्यका बाहिरका टोली दर्ताका लागि ५ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ।
नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन खेल वीरगन्ज युथ एकेडेमी र श्रीकुमारी क्लबबीच हुनेछ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]