default_image

5 months ago

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

614 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ।

एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ।

त्यो कोषमा अन्यलाई सहयोग गर्न अपिल गर्ने तथा फिफा र एएफसीमा थप राहतको लागि अपिल गर्ने पनि एन्फाले जनाएको छ।

आसोज ११ गते मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका वडा नं. ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको पहिरोमा परि मृत्यु भएको थियो।

भर्चुअल रुपमा बसेको बैठकले घटनाको अध्ययन समिति पनि गठन गरेको छ। तीन सदस्यीय समितिमा एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा एन्फा सहायक महासचिव दामोदर भट्टराई (बद्री) र एन्फा केन्द्रिय सदस्य टिका राम लामा रहेका छन्।

वरिष्ठ उपाध्यक्षको असहमति

तर एन्फा बैठकको लगत्तै गतै एन्फा वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले समिति गठनप्रति असहमति जनाएका छन्।

‘एन्फा र व्यवस्थापन समितिको लापरवाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानबिन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धि छानबिन गर्न संसदीय समिति समेत गठन भईसकेको अवस्थामा यो समितिको औचित्य नहुने हुदा यो निर्णयमा सहमती छैन,’ खड्काले एन्फा अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ।

पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले
यही घटनाको छानबिन गर्न संसदिय छानबिन समिति गठन गर्नै निर्णय गरेको‌ छ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.