default_image

3 hours ago

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ।

असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो।

पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको सभापति दीपकबहादुर सिंहले जानकारी दिए । 

‘६ युवा खेलाडीको मृत्यु भएको छ । त्यसदिन के कस्तो भएको हो।कुलेखानीलगायत त्यसआसपास भएका क्षति र त्यसको कारण के हो । त्यसका विषयमा छानविन समिति बनाउने निर्णय भएको छ। दशैंपछि समितिलाई पूर्णता दिनेछौं।’

समितिका सदस्य माधव सापकोटाले युवा खेलाडीको मृत्यु हुनुमा व्यवस्थापनको कमजोरी देखिएको भन्दै संसदिय छानबिन समिति गठनको माग गरेका थिए।

६ खेलाडीको विसुद्ध प्राकृतिक विपत्तिका कारण मात्र नभइ व्यवस्थापनको लापरवाहीका‌ कारण घटना भएकोले गम्भिररतापूर्वक छानबिन गर्नुपर्ने सापकोटाको भनाई थियो।

एन्फा एकेडेमीमा ४० युवा खेलाडी रहेका थिए। ६ खेलाडीको मृत्युपछि असोज १२ गरे ४ स्थानिय बाहेक ३० जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.