default_image

3 hours ago

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ ।

क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ पनि पुरस्कार राखिएको छ ।

क्लबका उदीयमान खेलाडी गिरीले देशभरका विभिन्न चर्चित प्रतियोगिताहरूमा आफ्नो प्रतिभा र खेलकुद देखाउनेहरूमध्ये हाम्रो क्लब प्रतिनिधिहरू मध्ये एक थिए । उनले मनाङ मर्स्याङ्दी क्लबको टिम कप्तानको रुपमा लगातार दुई वर्ष जुनियर ‘ए’ डिभिजन लिग २०६२ र २०६३ मा खेलेका थिए ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.