default_image

5 months ago

October 4, 2024

संकटामाथि पुलिसको जित

817 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ ।

तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि विदेशी खेलाडी सेलिना अनिमाले १ गोल फर्काइन् ।

तेस्रो मिनेटमा नै अनुष्काले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । पहिलो गोल भएको पाँच मिनेट पछि नै पेनाल्टी मार्फत गोल गर्दै समिक्षाले पुलिसको अग्रता दोब्बर बनाइन् ।

खेलको ७३औं मिनेटमा अनिमाले गोल गर्दै संकटालाई खेलमा फर्काउने कोशिश गरे पनि थप गोल हुन नसक्दा पुलिसले खेलमा जित हात पार्यो । साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका कारण पुलिसका केही महत्वपुर्ण खेलाडी आजको खेलमा थिएनन् ।

पहिले नै दोस्रो चरणमा पुगिसकेको पुलिस पहिलो चरणमा अपराजित रह्यो । पुलिसले खेलेको ९ खेलमा ६ मा जित र ३ बराबरी खेलेको थियो ।

पुलिस सहित नेपाल एपिएफ, त्रिभुवन आर्मी, वालिङ नगरपालिका र कोशी प्रदेशले लिगको दोस्रो चरणमा स्थान बनाएका छन् । दोस्रो चरणमा सहभागी पाँच टोलीबीच डबल राउन्ड रोविन लिगमा समूह चरणका खेल हुनेछन् । दोस्रो चरणको खेल तालिका भने सार्वजनिक भएको छैन।

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

March 12, 2025

बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो । समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो।ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो। केनले ५२ औं‌ मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै […]

March 12, 2025

लिभरपुललाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]

Success

Thank you for your time.