5 months ago
October 3, 2024
सुमन अधिकारी, बुटवल
दोस्रो हाफको सुरुवात सम्म रहेको २–० अग्रता जोगाउन नसक्दा गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।
बिहीवार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक झरना स्पोर्टस क्लबसँग ३–२ ले पराजित भएसँगै गोर्खा बाहिरिएको हो । झरना स्पोर्टस क्लबले शनिवार हुने फाइनलमा लिस्नु युवा क्लबको सामना गर्नेछ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा जारी प्रतियोगिताको कुन्जलापुरस्थित फुटबल मैदानमा गोर्खा ब्वाइजले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा टोली सम्हालिन सकेन र पराजित भएको थियो ।
दोस्रो हाफमा खेलमा फर्कदै झरनाले ४९ औं र ७७ औं मिनेटमा गोल गर्दैै खेलमा बराबबरी गरेको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै झरनाले फाइनलको यात्रा तय गरेको थियो ।
खेलको चौथो मिनेटमा गोर्खा ब्वाइजका अनिल रानामगरले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । ३२ औं मिनेटमा विदेशी खेलाडी रिचार्डले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । अनिल रानामगरको क्रसमा रिचार्डले गोल गरेका हुन् ।
झरनाका एरोन थापाले ४९ औं मिनेटमा र ७७ औं मिनेटमा जितेश गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । इन्ज्युरी समयमा एलेक्स भिक्टरले निर्णायक गोल गरेका थिए ।
झरनाका सन्तोष खत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए। प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३१ हजार रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]