8 years ago
February 11, 2017
लन्डन (एजेन्सी– एलेक्सिस सान्चेजको विवादास्पद हाते गोल र अन्तिम समयको पेनाल्टी गोलको मद्दतमा प्रिमियर लिगमा शनिबार आर्सनल विजयी भएको छ ।
प्रशिक्षक आर्सन वेङ्गरको प्रतिबन्धित चारमध्येको अन्तिम खेलमा आर्सनलले हल सिटीलाई २–० ले हराएको छ । जितसँगै आर्सनल अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
पहिलो हाफमा विवादास्पद गोलबाट आर्सनलले खेलको ३४ औं मिनेटमा अग्रता लियो । हलका किपर एल्डिन जाकुपोबिकले गोललाइनबाट गरेको सेभ सान्चेजको हातमा लाग्दै गोल भएपछि रेफ्री मार्क क्लाटेनबर्गले लाइनका रेफ्रीसँग सल्लाह लिदै गोल दिएका थिए । हल सिटीका रक्षकहरुले अपिल गरेपनि रेफ्रीले सान्चेजको हाते गोल अन्जानमा भएको कारण आफ्नो निर्णय बदलेनन् ।
पहिलो हाफमा पछि परेको हलले दोस्रो हाफमा गोल गर्ने प्रयास जारी राख्यो । धेरै जसो काउन्टरमा सक्रिय देखिएको हल सिटी गोल गर्नबाट भने चुक्यो । इन्जुरी समयमा लुकास पेरेजको हेड मार्फतको प्रहारलाई हातले बचाउदा हलका स्याम क्लुकासले रातो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो । पेनाल्टीलाई गोलमा परिणत गर्दै सान्चेजले आर्सनलको जित निश्चित गरे ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]