5 months ago
October 2, 2024
सुमन अधिकारी, बुटवल
लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जनज्योती क्लब, डिगरनगरलाई २-० ले पराजित गर्दै लिस्नु उपाधि नजिक पुगेको हो ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा जारी प्रतियोगिता अन्तरगत कुन्जलापुरस्थित फुटबल मैदानमा बुधवार भएको खेलको ३८ औं मिनेटमा लिस्नुका सुशील राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
७४ औं मिनेटमा लिस्नुका बुद्घिराम राईले टोलीका लागि दोस्रो गोल गर्दै जित गरेका थिए । लिस्नुका सुशील राई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा बिहीवार हुने दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब र आयोजक झरना स्पोर्टस क्लब भिड्ने छन् ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३१ हजार र दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]