5 months ago
October 2, 2024
एजेन्सी – आर्सनलले च्याम्पियन लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
घरेलु मैदानमा मंगलवार आर्सनलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २- ० ले पराजित गरेको हो ।
आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले समान १ गोल गरे । हावर्ट्जले २०औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । साकाले ३५औं मिनेटमा गोल गर्दै अग्रता बढाएका थिए।
दुई खेलमा आर्सनलले ४ अंक जोडेको छ। समान खेल खेलेको पिएसजी भने ३ अंक छ । पिएसजीले पहिलो खेलमा स्पेनिस क्लब जिरोनालाई पराजित गरेको थियो ।
आर्सनल पहिलो खेलमा इटलीको एटलान्टासँग बराबरीमा रोकिएको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]