5 months ago
October 1, 2024
सुमन अधिकारी, बुटवल
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
अब फाइनल प्रवेशको लागि आयोजक झरना स्पोर्टस क्लब र गोर्खा ब्वाइज स्पोर्टस क्लबबीच प्रतिस्पर्धा
त्यस्तै अर्को सेमिफाइनल लिस्नु युवा क्लब र जनज्योति युवा क्लबबीच हुनेछ ।
मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा झरनाको जितसँगै समिकरण पूरा भएको हो। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा भएको खेलमा कपिलवस्तु-११ लाई २ -१ के पराजित गर्दै झरनाले सेमिफाइनल पुगेको छ ।
खेलको नवौं मिनेटमा आयोजक झरनाका निरज चौधरीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । त्यो अग्रता धेरै समय टिक्न सकेन ।
खेलको १३ औं मिनेटमा कपिलवस्तुका भरत नागलको पासलाई आशिष पुनले आर्कषक हेडमार्फत गोल गर्दै खेल बराबरी बनाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा झरनाका दिपेश आलेले गरेको गोल नै खेको निर्णायक बनेको थियो । झरनाका जितेश गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
पहिलो सेमिफाइल बुधवार जनज्योति र लिस्नु युवाबीच हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार र दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]