6 months ago
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको छ। भारतसँग ४-२ को हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। भारतफाइनल पुगेको छ।
थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा भारतले पकड बनायो। विशाल यादवले आठ मिनेटभित्र दुई गर्दै भारतलाई सहज स्थितिमा पुर्याए। ६१औं मिनेटमा गोलको खाता खोलेका विशालले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।
८१औं मिनेटमा नेपालको एागि सुबाश बमले एक गोल फर्काए। खेल २-१ मा पुग्यो। तर लगतै ८५औं मिनेटमा एन ऋषी सिंहले भारतको लागि तेस्रो गोल गरे।
खेल सकिन एक मिनेट बाकी छँदा भारतका मोहम्मद केफले आत्मघाती गोल नेपाललाई उपहार दिए। खेल यतिमा मात्र सकिएन र इन्जुरी समयको पाँचौं मिनेटमा हेमनेचुङ लुनकिमले गोल गरे। योसँगै भारतले नेपाललाई ४-२ को हार चखाउँदै फाइनलको यात्रा तय गर्यो।
समूह चरणमा २ जित र १ हार सहित नेपाल समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले हारेको थियो।
यसपछि श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो। गत संस्करण नेपाल फाइनलमा पुगेको थियो। यो पटक भने सेमिफाइनलमा नै पराजित भएको छ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]