default_image

6 months ago

September 28, 2024

एन्फा सिस्नेरी एकेडेमीमा पहिरो – अपडेट

160 views

0 Bookmark

साँझ ६:४० बजे

एन्फा एकेडेमी सिस्नेरीबाट सकुशल उद्धार गरिएका ३४ जनामध्य ३० जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो । ४ स्थानीय उतै बस्दा बाँकी ३० जनालाई अब एन्फा एकेडेमी सातदोबाटो लगिने ।

मृतक ६ जनाको शव टिचिङ अस्पताल लगिने एन्फाले जनाएको छ।

साँझ ५:२० बजे

सिस्नेरी एकेडेमीमा रहेका ३४ जनाको उद्धारका एागि हेलिकप्टर उडिसकेको छ । सेनाको हेलिकप्टर उद्धारको लागि गएको एन्फाले जनाएको छ ।

दिउँसो २:१४ बजे

सिस्नेरी एकेडेमीमा रहेका केहि खेलाडीहरूको परिवरका सदस्यहरू अहिले एन्फा मुख्यालय सातदोबाटो पुगेका छन् । उनीहरूले छिटो उद्दार गरिदिन अुनरोध गरिरहेका छन् ।

दिउँसो १:५१ बजे

एन्फा महासचिव किरण राई – ‘सिस्नेरी एकेडेमीबाट सुरक्षित स्थानमा रहेका बलकहरूलाई काठमाडौं ल्याउनका लागि हामी प्रयासरत छौं । रक्षा मन्त्रालयसँग पनि कुरा भइसकेको छ । उनीहरूलाई काठमाडौं ल्याउनका लागि हेलिकप्टर नै प्रयोग गर्नेछौं । अहिलेसम्म हेलिकप्टर उड्न सकेको छैन । यसको लागि नेपाली सेनासँग पनि सम्पर्क गरिसकेका छौं ।’

दिउँसो १:३६ बजे

‘सिस्नेरी पहिरोमा बेपत्ता भएका ६ बालकको परिवारलाई जानकारी गराउने काम भएको छ’ – एन्फा महासचिव किरण राई। यो घटनाको विषयमा एन्फाले केहि बेरमा प्रेस विज्ञप्ति जारी गर्दैछ ।

दिउँसो १:३० बजे

‘एकेडेमीका बलकहरू मात्र पहिरोमा कसरी परे ? होस्टेलका जिम्मेवार व्यक्तिहरूले ध्यान नपुर्याएको हो की जस्तो मेरो सुरूवाती बुझाई हो’ – राखेप सदस्य सचिव टंकलाल घिसिङ ।

समय दिउँसो १:१५ बजे

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले घटनाको जानकारी एन्फा महासचिव किरण राईले गराएको बताए। जानकारी पाएलगत्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई जानकारी गराएको सदस्य सचिव घिसिङले बताए । मन्त्री चौधरीले गृह मन्त्रालय र रक्षा मन्त्रालयमा उद्दारका लागि पहल गरिसकेको जनाएका छन् ।‌

दिउँसो १:०८ को अपडेट

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका राम लामाका अनुसार बेपता भएका ६ बालकको नाम

१. अनुप घलान,हेटौंडा

२. साइमन योञ्जन, मकवानपुर

३. आदित्य बलपाकी, सर्लाही

४. रियान्स आचार्य, काठमाडौं

५. बिकल रेग्मी, बारा

६. दिवस बानिया, मकवानपुर

दिउँसो १२:५७ को अपडेट

एन्फा सिस्नेरी एकेडेमीका ६ खेलाडी शुक्रबार साँझदेखि बेपत्ता । सुरक्षित स्थानमा सार्ने क्रममा ६ खेलाडी पहिरोमा परेका थिए ।

एन्फाले सञ्चालन गरेको सिस्नेरी एकेडेमीको कोटा २५ जनाको हो । हिजो एकेडेमीबाट सुरक्षित स्थानमा जानेको सङ्ख्या यकिन हुन सकेकेो छैन । एकेडेमीमा ३८ देखि ४० जाना रहेको बुझिएको छ ।

एकेडेमीबाट सुरक्षित स्थानमा गएका करिब ३० जना एकेडेमीका खेलाडीहरू एक शिक्षकको घरमा बसिरहेका छन। उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउन समेत समस्या भैरहेको छ । एन्फाले हेलिकप्टर नै प्रयोग गर्न कोशिश गरिरहेको जनाएको छ ।

एन्फाबाट एम्बुलेन्स सहित सिस्नेरी गएको टिम बल्खुबाट अगाडि जान सकेन । सिस्नेरी सम्म सडक बाटोबाट पुग्न लगभग असंभव देखिएको छ । अहिलेसम्म सो स्थानमा प्रहरी पनि पुग्न नसकेको मकवानपुरको प्रहरी प्रमुख उपरिक्षक सिताराम रिजालले जानकारी दिए ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.