6 months ago
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को मकवानपुर जिल्ला सिस्नेरीस्थित एकेडेमीका केही बालक पहिरोमा पर्दा बेपत्ता भएका छन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार शुक्रबार साँझ पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा केही बालक बेपत्ता भएको जानकारी दिए । लगातार वर्षाले पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा सो घटना भएको तर सम्पूर्ण जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको जानकारी दिए । शाहका अनुसार एन्फा प्रतिनिधि सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
मकवानपुरको प्रहरी प्रमुख उपरिक्षक सिताराम रिजालले घटनाबारे जानकारी आएको र प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । उनले घटनास्थल पुग्न बाटो बिग्रेकाले कठिनाइ भइरहेको बताए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]