6 months ago
September 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ ।
एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा बागमतीमाथि एपिएफले ७-० को सहज जित हात पारेको थियो । एपिएफलाई जित दिलाउन रश्मीले ४, अनिता बस्नेत र सविता राना मगरले समान १ गोल गरेका थिए । बागमतीले १ गोल आत्मघातीका रुपमा गरेको थियो ।
खेलको ३५औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । ४०औं मिनेटमा सुनिता भुषालले आत्मघाती गोल गर्दै एपिएफको अग्रता दोब्बर भयो । अनिताले एपिएफलाई ४७औं मिनेटमा गोल गर्दै ३-० को अवस्थामा पुर्याइन् ।
रश्मीले ५७औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । रश्मीले ८८औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता ६-० मा पुर्याइन् । इन्ज्युरी समयमा गोल गर्दै सविताले एपिएफलाई जित अन्तरलाई फराकिलो पारिन्।
जितपछि ९ खेलमा २५ अंक जोड्दै एपिएफ शीर्ष स्थान रह्यो । बागमतीले समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]