default_image

11 hours ago

September 26, 2024

लिस्नु झरना रनिङशिल्ड सेमिफाइनलमा

245 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली‌ बनेको छ ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा जानकारी प्रतियोगितामा बिहीवार भएको  पहिलो क्वाटरफाइनलमा  न्यु सिर्जना युथ क्लबलाई ३-१  पराजित गर्दै लिस्नु अन्तिम चारमा पुगेको हो ।

लिस्नु २ विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो । तीनै  दुई विदेशीको प्रभावशाली प्रदर्शनमा लिस्नु विजयी भयो।

ओहिनेबा अदुसेई र कार्लोस सामीले टोलीका लागि  गोल गरेका हुन् । १-० गोलले पछाडि परेको अवस्थमा ‌उल्टाउँदै  लिस्नुले खेल जितेको थियो। खेलको नवौं मिनेटमा गोल गर्दै न्यु सिर्जना युथ क्लबका सन्दिप मल्लले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

लिस्नुका लागि खेलको ५६ औं मिनेट अदुसेईले बराबरी गोल गरे। सामीले ६५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । लिस्नुका लागि ७२ औं मिनेटमा समराज ठोकरले गोल गरे ।

लिस्नुका अदुसेई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएका छन् । दोस्रो क्वाटरफाईनल शुक्रवार गोर्खा ब्यायज एफसी र योङ स्टार युथ क्लब भिड्ने छन् ।

September 26, 2024

एपिएफलाई हराउँदै पुलिस चितवन गोल्डकपको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बिहीवार एपिएफ फुटबल क्लब सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि पुलिसले गत संस्करणको […]

September 26, 2024

सुदूरपश्चिमलाई हराउॅंदै कोशी दोस्रो चरणमा

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि समिक्षा मगरले २ तथा ममता राउत र कुस्मा राईलेले समान १ गोल गरे । […]

September 26, 2024

चन्द्रपुरलाई हराउँदै वालिङ दोस्रो चरणमा

काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले […]

Success

Thank you for your time.