6 months ago
September 26, 2024
सुशील पन्त क्षेत्री, चितवन
विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा बिहीवार एपिएफ फुटबल क्लब सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि पुलिसले गत संस्करणको उपविजेता एपिएफलाई सडन डेथमा हराएको हो।
पुलिसको जितमा गोलकिपर शत्रुधन चौधरी नायक बने । टाइब्रेकरमा एपिएफको २ प्रहार रोकेका शत्रुधनले सडन डेथमा विपक्षीको प्रहार बचाउँदै आँफैले गोल पनि गरे । शत्रुधन नै प्लेयर अफ दि म्याच भए ।
पुलिसले अब उपाधिका लागि बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । बुटवलले पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल शनिवार दिउँसो ३ बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]