default_image

12 hours ago

September 26, 2024

सुदूरपश्चिमलाई हराउॅंदै कोशी दोस्रो चरणमा

278 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो ।

दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि समिक्षा मगरले २ तथा ममता राउत र कुस्मा राईलेले समान १ गोल गरे ।

खेलको २३औं मिनेटमा गोल गर्दै ममता राउतले कोशीलाई अग्रता दिलाइन् । समिक्षाले ४१औं र ६४औं मिनेटमा गोल गर्दै कोशीको अग्रता ३-० को बनाइन् ।

कुस्माले ६४औं मिनेटमा गोल गर्दै कोशीको दोस्रो चरणको यात्रा पक्का गरिन् । कोशीको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १४ अंक भएको छ । समान खेलबाट सुदूरले अंकबिहीन रुपमा यस सिजनको यात्रा सकाएको छ ।

आज नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले अर्को चरण प्रवेश गरेको छ ।

चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले गोल गरिन् ।

खेलको छैटौं मिनेटमा गोल गर्दै सुक्रियाले वालिङलाई अग्रता दिलाइन् । ज्याकलिनले ३६औं मिनेटमा गोल गर्दै वालिङको अग्रता दोब्बरको बनाइन् ।

सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने कोसिस गरे पनि त्यो सम्भव हुन सकेन ।

वालिङको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १५ भएको छ । समान खेलबाट चन्द्रपुरको भने ८ अंक भएको छ ।

दोस्रो चरणमा तीन विभागीय टोलीहरु नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा वालिङ नगरपालिका र कोशी प्रदेशले प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणको‌ अन्तिम ३ खेल बाँकी रहँदा दोस्रो चरण पुग्ने ५ टोलीको टुंगो लागेको छ ।

September 26, 2024

लिस्नु झरना रनिङशिल्ड सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली‌ बनेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा जानकारी प्रतियोगितामा बिहीवार भएको  पहिलो क्वाटरफाइनलमा  न्यु सिर्जना युथ क्लबलाई ३-१  पराजित गर्दै लिस्नु अन्तिम चारमा पुगेको हो । लिस्नु २ विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो […]

September 26, 2024

एपिएफलाई हराउँदै पुलिस चितवन गोल्डकपको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बिहीवार एपिएफ फुटबल क्लब सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि पुलिसले गत संस्करणको […]

September 26, 2024

चन्द्रपुरलाई हराउँदै वालिङ दोस्रो चरणमा

काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले […]

Success

Thank you for your time.