6 months ago
September 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो ।
दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले गोल गरिन् ।
खेलको छैटौं मिनेटमा गोल गर्दै सुक्रियाले वालिङलाई अग्रता दिलाईन् । ज्याकलिनले ३६औं मिनेटमा गोल गर्दै वालिङको अग्रता दोब्बरको बनाइन् ।
सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने कोसिस गरे पनि त्यो सम्भव हुन सकेन । वालिङको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १५ भएको छ । समान खेलबाट चन्द्रपुरको भने ८ अंक भएको छ ।
आजनै हुने दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । खेल दिउँसो ३:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदैछ ।
खराब प्रदर्शनका कारण अंकबिहीन रहँदै सुदूरपश्चिम पहिलो चरणबाटै बाहिरिसकेको छ । कोशी भने यस खेलमा जित निकाल्दै दोस्रो चरणमा पुग्ने योजनामा छ ।
कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा छ । सुदूर भने अंकबिहीन रुपमा तालिकाको पुछारमा रहेको छ ।
यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]