6 months ago
September 25, 2024
सुमन अधिकारी, बुटवल
रुपन्देहीमा जारी ३६ औँ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ ।
१६ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट गोर्खा ब्याइज, योङ स्टार, झरना स्पोटर्स क्लब, न्यु सिर्जना क्लब, जेजेएफसी, कपिलवस्तु–११, लिस्नु युवा क्लब र फुलवारी गाइज अन्तिम ८ मा पुग्न पुगेको छन् ।
बिहीवारबाट प्रतियोगिताको क्वाटर फाइनल खेल सुरु हुने छ । पहिलो क्वाटरफाईनलमा लिस्नु युथ क्लब र न्यु सिर्जना एफसी भिड्ने छन् ।
पहिलो चरणको अन्तिम खेलमा फुलबारी गाईज बुटवल विजयी भएको छ। कुन्जलापुरस्थित फुटबल मैदानमा बुधवार भएको खेलमा भैरव एफसी नवलपरासीलाई ३-० ले पराजित गर्दै फुलबारी गाईज अन्तिम आठमा पुगेको हो।
खेलको ५५ औं मिनेटमा फुलबारीका फागुराम चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७९ औं मिनेटमा अजित गुरुङले गोल गरे भने खेलको इन्ज्युरी समयमा फागुराम थारुले व्यक्तिगत दोस्रो गोल गरे । फागुेाम प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएका छन्।
प्रतियोगितामा उपाधि विजेताले ३ लाख ३१ हजार रुपैंयाँ र दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]