default_image

6 months ago

September 25, 2024

नेपाल उज्बेकिस्तानसँग पराजित

2101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० को फराकिलो अन्तरमा पराजित भएको छ । दोस्रो हारमा नेपालको छनोटको संभावना अत्यन्त न्युन बनेको छ ।

चाइनिज ताइपेइमा जारी छनोट अन्तर्गत आज न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपालको पोष्टमा उज्वेकिस्तानले सहजै आधा दर्जन गोल गर्यो ।

सुरूवात देखि नै आतिएको नेपालले २०औं मिनेटमा उज्वेकिस्तानलाई पेनाल्टीको अवसर दियो । युरिनबोएभको फ्रि-किक प्रहारलाई सविन घिमिरेले हातले रोके । रातो कार्ड खाँदै सविन बाहिरीएपछि युरिनबोएभको पेनाल्टी प्रहारलाई नेपालका गोलकिपर जियारत शेखले बचाए ।

यसपछि पनि निरन्तर दबाब दिन सफल उज्बेकिस्तानको लागि साइदुमारजोन साइद्नुरूलाएबले २४ औं मिनेटमा गोलको खाता खोले । यसको दुई मिनेटमा नै साइद्नुरूलाएबले अग्रता दुगुना गरे। उनले तीन मिनेटभित्र दुई गोल गरे । दुई गोल खाएर सम्हालिन नपाउँदै नेपालले २९औं मिनेटमा तेस्रो गोल खायो । नुर्लान इभराइमोभले गोल गरे । निरिह नेपाल विरूद्ध उज्वेकिस्तानले पहिलो हाफमा तीन शुन्यको स्पष्ट अग्रता बनायो ।

दोस्रो हाफमा पनि नेपाल सम्हालिन सकेन । उज्वेकिस्तानले थप तीन गोल गर्दै गोल सङ्ख्या आधा दर्जन पुर्याएको हो । ६७औं मिनेटमा लाजिबेक मिर्जाएब र ८७औं मिनेटमा मेरिबेक रेजाबालिएभले गोल गर्दा उज्वेकिस्तान ५-० ले अगाडि बढ्यो । उज्वेकिस्तानको लागि छेटौं गोल अब्दुगोफुर हायदारोभले गरे। यो सँगै नेपालले ६-० को लज्जास्पद हार बेहोरेको छ ।

उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो र छनोटको संभावनालाई बलियो बनाएको छ । उसले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालले तीन खेलबाट मात्र ३ अंक बनाएको छ । नेपाल पहिलो खेलमा क्याम्बोडियासँग ४-१ ले हार्दा दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३-१ ले हराएको थियो। अब नेपाले समिह चरणको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

ग्रुप बीमा नेपाल डिफेन्डिङ च्याम्पियन उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग रहेको छ। सन २०२५ मा हुने एएफसी यु-२० एसियन कपमा कुल ४५ राष्ट्रको सहभागीता रहेको छ। ४५ राष्ट्रलाई दश समुहमा विभाजन गरिएको छ। प्रत्येक समुहको विजेता र ५ उत्कृष्ट उपविजेता यु-२० एसियन कपमा छनोट हुनेछन।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.