default_image

6 months ago

September 24, 2024

महिला लिगमा संकटामाथि बागमतीको जित

473 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – संकटा क्लबलाई हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

आफ्नो आठौं खेलमा तेस्रो जित निकाल्नेक्रममा बागमतीले मंगलवार संकटामाथि ३-१ को जित हासिल गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा बागमतीलाई जित दिलाउन गिफ्टी अचालिगंपोगले २ तथा पुष्पा कुमारी खड्काले १ गोल गरिन् । संकटाका लागि तोमिलोपे जेनिफरले सान्त्वना गोल गरिन् ।

गिफ्टीले ६७औं मिनेटमा गोल गर्दै बागमतीलाई अग्रता दिलाइन् । गिफ्टीले नै ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बरको बनाइन् ।

संकटाका लागि जेनिफरले ८३औं मिनेटमा गोल फर्काइन् । इन्ज्युरी समयमा बागमतीकी पुष्पाले गोल गरिन् ।

जितपछि बागमती ८ खेलमा १० अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । यो जितले बागमतीको दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।

समान खेलबाट ८ अंकका साथ सातौं स्थानमा झरेको संकटाको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

आजै भएको पहिलो खेलमा चन्द्रा भन्डारीको ह्याट्रिक सहयोगमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ । आर्मीले वालिङमाथि ८-० को जित हात पारेको हो ।

आर्मीको जितमा चन्द्रा प्लेयर अफ द म्याच भइन् । आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २ गोल गर्दा वालिङले १ गोल उपहार स्वरुप दियो ।

जितसँगै आर्मीको ८ खेलबाट १९ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

वालिङ समान खेलमा १२ अंकका साथ चौथो स्थानमा छ । हारपछि पनि वालिङको अर्को चरण प्रवेशको सम्भावना कायमै रहेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछ ।

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

Success

Thank you for your time.