6 months ago
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)-अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनो नेपाल आउने भएका छन् ।
दक्षिण एसियाली राष्ट्रहरू भ्रमणका क्रममा इन्फान्टिनो असोज २१ गते नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ।
करिब १३ घण्टाको नेपाल बसाईको क्रममा इन्फान्टिनोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ।
साथै सोही दिन उनले एन्फा पदाधिकारीहरूसँग सोल्टी होटलमा भेटघाटको कार्यक्रम समेत रहेको छ।
फिफा अध्यक्ष इन्फान्टिनोले फुटबल मैदान उद्धघाटन गर्ने कार्यक्रम पनि रहेको बुझिएको छ।
फिफा अध्यक्षको नेपाल भ्रमण यो तेस्रो पटक हो। पहिलो पटक सन् १९८३ मा जाओ हाभालान्जे र २०१० मा सेप ब्लाटरले नेपालको भ्रमण गरेका थिए।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]