8 years ago
February 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेश फुटबल संघद्वारा आयोजित शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ खेल्न बंगलादेश प्रस्थान गर्ने २२ खेलाडीको नाम लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले सार्वजनिक गरेको छ।
मनाङले लगातार तिन घरेलु उपाधि जित्दै आफु लयमा रहेको सिद्ध पारिसकेको अवस्थमा थप केहि खेलाडी लिएर बंगलादेश प्रस्थान गर्न लागेको हो। बंगलादेशको प्रतियोगितालाइ मध्यनजर राख्दै मनाङले राष्ट्रिय टोलीका डिफेन्डर देबेन्द्र तामाङ र विदेशी खेलाडी ओगबेमिरो ओलासेमी स्याम्सनलाइ टोलीमा समावेश गरेको छ।
टोलीका मुख्य प्रशिक्षक छिरिंग लोप्साङ गुरुङ रहेका छन् भने सहायक प्रशिक्षक हेमन्त आले छन्। पेम्वा गुरुङ व्यवस्थापक रहेको टोलीको कप्तानी अनिल गुरुङले सम्हाल्नेछन्।
२२ खेलाडीको नामावली यसप्रकार छ:
अडामा बो सिस्सोको
अफिज ओलावाले ओलड़िपो
अनिल गुरुङ
बिक्रम लामा
बिमल बस्नेत
बिमल राणा
बिराज महर्जन
बिशाल राई
देबेन्द्र तामाङ
दीप कार्की
दिनेश थापा मगर
डोना थापा
हेमन्त थापा मगर
कमल श्रेष्ठ
निराजन मल्ल
ओगबेमिरो ओलासेमी स्याम्सन
रोहित चन्द
सोनाम गुरुङ
सुजल श्रेष्ठ
सुशील लामा
तेन्जिङ गुरुङ
अमिर केसी
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]
January 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]