default_image

6 months ago

September 24, 2024

साफको लागि प्रारम्भिक टोलीको घोषणा

3746 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै अर्काे महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलवार ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रारम्भिक चरणमा स्थान बनाउन सफल खेलाडी जारी महिला राष्ट्रिय लिगमा व्यस्त छन् ।

मुख्य प्रशिक्षक तामाङले नेपाल बाहिर खेलिरहेका सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई पनि प्रारम्भिक टोलीमा समेटेका छन् । ग्रीस जाने तयारीमा रहेकी एन्जिला तुम्बापो सुब्बा पनि टोलीमा छिन् ।

साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । महिला साफ च्याम्पियनसिप नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेकाे हाे । नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडाैमा साफकाे आयाेजना गरेकाे थियो ।

सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन ।

यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो । २०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो । दुई वर्षअघि नेपालमै भएको पछिल्लो संस्करणमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ ।

उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।

४० सदस्यीय प्रारम्भिक टोली : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अन्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लीला जोशी, सुशीला चौधरी, खुश्मा राई र सुनिता भुलन

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.