6 months ago
September 24, 2024
एजेन्सी – स्पेनिस ला लिगामा मालोर्काले रियाल बेटिसमाथि रोमाञ्चक जित हासिल गरेको छ । सातौं खेलमा तेस्रो जित निकाल्नेक्रममा मालोर्काले बेटिसमाथि २-१ को जित निकालेको हो ।
बेटिसको घरेलु मैदानमा भ्रमणकारी टोलीलाई जिताउन डानी रोड्रिगुइज र भालेरी फर्नान्डेजले गोल गरे । घरेलु टोलीका लागि जिओभानी लो सेल्सोले १ गोल गरेका थिए ।
खेलमा अग्रता भने बेटिसले लिएको थियो । खेलको सातौं मिनेटमा जिओभानीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १ मिनेटपछि नै मालोर्काका रोड्रिगुइजले गोल गर्दै खेल बराबरीमा ल्याए । मालोर्काका लागि इन्ज्युरी समयमा फर्नान्डेजले विजयी गोल गरेका थिए ।
जितपछि मालोर्का ७ खेलबाट ११ अंकसहित पाँचौं स्थानमा छ । पराजित बेटिस ६ खेलमा ८ अंक जोडेको ११औं स्थानमा छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]