default_image

6 months ago

September 23, 2024

सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित

3521 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४-० को रवाफिलो जित दर्ज गरेको हो।

यो जितमा‌ नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ। भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले २-० को अग्रता बनाइसकेको थियो।

नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। यसपछि १३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दुगुना गरे।

सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे। सुजनको तीन गोलमा नेपाल पहिलो हाफमा ३-० को फराकिलो अन्तरको अग्रता बनाउन सफल‌ रहयो। दोस्रो हाफमा पनि श्रीलंका खेलमा फर्कन सकेन‌ भने ८३औं मिनेटमा विज्ञान खड्काले नेपालको लागि चौथो गोल गरे।

यसरी नेपालले श्रीलंका विरूद्ध ४-० को सानदार जितमा महत्वपुर्ण ३ अंक बनाएको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले हारेको थियो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका भुटानसँग ५-१ ले हारेको थियो।

समुहमा ‘बी’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार भुटानसँग खेल्नेछ। गत संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो। यो समुहको दुई शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल असोज १२ र फाइनल १४ गते हुनेछ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.