default_image

2 hours ago

September 23, 2024

कोशी र चन्द्रपुरले बराबरी खेले

106 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा अंक बाडेका छन् । कोशी र चन्द्रपुरले १-१ को बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चन्द्रपुरले अग्रता लिएको थियो । चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । निर्धारित समय सकिन १० मिनेट बाकी रहँदा ममता राउतले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् ।

बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै रहेको छ । चन्द्रपुरले समान खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

आजै हुने अर्को खेलमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशसँग खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा अंकबिहिन रुपमा तालिकाको पुछारमा रहेको छ ।

लिगको सातौ राउन्डसम्ममा एपिएफले २५ गोल गर्दै २ गोल बेहोरेको छ। सुदूरले ३ गोल गरेर ४६ गोल खाएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

September 23, 2024

सुजनको हयाट्रिकमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४-० को रवाफिलो जित दर्ज गरेको हो। यो जितमा‌ नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ। भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले दुई शुन्यको अग्रता बनाइसकेको थियो। नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई […]

September 23, 2024

शीर्ष स्थानको एपिएफ सदूरपश्चिमसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले आज सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । महिला लिगको आजको दोस्रो खेलमा एपिएफ र सुदूरपश्चिम खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ । एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको […]

September 23, 2024

सिटी हारबाट जोगियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ । खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो […]

Success

Thank you for your time.