default_image

2 hours ago

September 23, 2024

शीर्ष स्थानको एपिएफ सदूरपश्चिमसँग खेल्दै

523 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले आज सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ ।

महिला लिगको आजको दोस्रो खेलमा एपिएफ र सुदूरपश्चिम खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा अंकबिहिन रुपमा तालिकाको पुछारमा रहेको छ ।

लिगको सातौ राउन्डसम्ममा एपिएफले २५ गोल गर्दै २ गोल बेहोरेको छ। सुदूरले ३ गोल गरेर ४६ गोल खाएको छ ।

सोमवार हुने पहिलो खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ । कोशी ७ खेलमा १० अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

चन्द्रपुर समान खेलमा ७ अंकका साथ आठौं स्थानमा रहेको छ । कोशी र चन्द्रपुरलाई सुपर लिगमा स्थान बनाउन यो खेल महत्वपुर्ण रहेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

September 23, 2024

सिटी हारबाट जोगियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ । खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो […]

September 23, 2024

बार्सिलोनाको अपराजित यात्रा कायमै

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगमा अपराजित यात्रा कायमै राखेको छ । सिजनमा लगातार छैटौं जित निकाल्ने क्रममा बार्सिलोनाले भिल्लारियलमाथि ५-१ को जित हासिल गरेको हो । भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान २ तथा पाब्लो टोरेले १ गोल गरे । घरेलु टोलीका लागि अयोज परेजले १ गोल गरे […]

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

Success

Thank you for your time.